इनारमा डुबेर १ पुरुषकाे मृत्यु

इनारमा डुबेर १ पुरुषकाे मृत्यु


भक्तपुर ।

चाँगुनारायणमा इनारमा डुबेर १ पुरुषकाे मृत्यु भएको छ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-९ का ५२ वर्षीय राम खड्का छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार खड्का आफ्नै घरको इनारमा मृत फेला परेका हुन् ।

मंगलबार बिहान ८ बजेतिर उनी घरमा चिया खाएर निस्केका थिए। त्यसपछि सम्पर्कमा नआएपछि परिवारले खाेजी गर्ने क्रममा इनारमा फेला परेका थिए ।

पाठकका अनुसार घटनास्थलमा प्रहरी टोली गएर शव उठाएको छ ।