सामुदायिक शैक्षिक सुधार कार्यक्रम : काठमाडौँ महानगर र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता

सामुदायिक शैक्षिक सुधार कार्यक्रम : काठमाडौँ महानगर र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता


काठमाडौँ ।

सामुदायिक शैक्षिक सुधार काकार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले, काठमाडौँ विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको छ ।

मंसिर २५ गते भएको प्रमुख स्तरीय निर्णयअनुसार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्तअधिकारी र विश्वविद्यालयका उपकुलपति डा. भोलाथापाको रोहवरमा आज शिक्षाअधिकारी सीताराम कोइराला र विश्वविद्यालय स्कूल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगरपालिकाले चालु आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य हो ।

योजनामा टिचर कलेज कार्यक्रम समावेश छ । यो कार्यक्रम माशिक्षकहरुको क्षमता विकास तालिम उपलब्ध गराइनेछ ।

शिक्षकसँगै शैक्षिक गुणस्तर सुधारमा योगदानगर्न चाहने व्यक्तिहरु सहभागीहुन सक्नु हुनेछ । यसरी सञ्चालनहुने तालिममा दिइने प्रमाण पत्रलाई वृत्तिविकासकालागि योग्यता मानिनेछ ।

सम्झौता बमोजिम शिक्षामा सिप, पुस्तक रहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तिकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सिप विकास कार्यक्रम, शिक्षण सिकाइ पेडागोजीमा सुधार, विद्यार्थीको नतिजा सुधार र प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नतिका लागि सहकार्य हुनेछ ।

कार्यक्रम विश्वविद्यालयको स्कूल अफ एजुकेसनमार्फत कार्यान्वयनमा आउनेछ ।