थुनामा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै १ करोड ठगी, २ जना पक्राउ

थुनामा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै १ करोड ठगी, २ जना पक्राउ


काठमाडौँ ।

थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरी छन् ।

उनीहरूले सुर्खेतको वीरेन्द्रनगर घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिन्छु भन्दै उनका बुवा अमर बहादुर खड्काबाट पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार रेवन्त खड्का आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सीआईबीबाटै पक्राउ परी काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन् ।