७ करोड ७७ लाखमा महाकाली घाटको ठेक्का सम्झौता, आजबाट खुल्ने

७ करोड ७७ लाखमा महाकाली घाटको ठेक्का सम्झौता, आजबाट खुल्ने


कन्चनपुर ।

महाकाली घाट आजबाट खुल्ने भएको छ।

कन्चनपुरमा रहेको महाकाली घाटबाट नदिजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता स्विकृत भइसकेकाले आजबाट खुल्ने भएको हो।

काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा घाटको ठेक्का सम्झौता गरेको हो।

ठेक्का प्रकृया सकिइसकेकाले आजदेखि महाकाली नदीको घाट खुल्ने भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए।

भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाले संयुक्त रुपमा महाकाली नदीको प्राकृतिक श्रोत नदिजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी) को विक्रि शुल्क संकलन (रोयल्टी) का लागी ठेक्का खोलेका थिए।