२७३ जनालाई सरकारी जागीर खाने अवसर, लोकसेवाले माग्यो कर्मचारी

२७३ जनालाई सरकारी जागीर खाने अवसर, लोकसेवाले माग्यो कर्मचारी


काठमाडौं ।

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि २७३ कर्मचारी माग गरेको छ।

बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो।

आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो।

दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले पुस १७ सम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ। उम्मेदवारहरूले आयोगको वेभसाइटबाट दरखास्त दिन सक्नेछन्।

दरखास्त दस्तुर १ हजार २ सय र समावेशी समूहको थप ४ सय निर्धारण गरिएको छ।