निफ्राले घटायो ब्याजदर आजै देखि लागू

निफ्राले घटायो ब्याजदर आजै देखि लागू


काठमाडौं ।

आजै (मंसिर २८ गते) देखि लागू हुनेगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निक्षेपको ब्याजदर घटाएको छ।

बैंकले आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ५ वर्ष वा सोभन्दा माथिको शुभ पूर्वाधार खातामा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत व्याजदर कायम गरेको छ।

बैंकले यसअघि उक्त खातामा व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८.१५ प्रतिशत ब्याजदर कायम गरेको थियो।

त्यस्तै, बैंकले प्रोजेक्ट लोनमा ११ प्रतिशतदेखि १३ प्रतिशतसम्म, ब्रिज ग्याप लोनमा प्रोजेक्ट लोनको भन्दा ०.५ प्रतिशत बढी ब्याज निर्धारण गरेको छ।