छुट्लान् त बालकृष्ण खाँण ?

छुट्लान् त बालकृष्ण खाँण ?


काठमाडौं ।

उच्च अदालत पाटनका दुई न्यायाधीशको राय बाझिएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदन आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाई हुने भएको छ ।

दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउनेआदेशअनुसार आज न्यायाधीश कोइरालाको एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो।

गत मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र दुई न्यायाधीशबीच खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा राय बाझिएको थियो।