धनकुटाका महेश राईले ओलीलाई हाने मुक्का

धनकुटाका महेश राईले ओलीलाई हाने मुक्का


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ ।

संकल्प यात्राका क्रममा धनकुटा पुगेका ओलीमाथि मुक्का प्रहार भएकाे हाे ।

बिहीबार १२ बजेतिर लेगुवा पुगेका अध्यक्ष ओलीमाथि स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले हातपात गरेका थिए। ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लेगुवाका महेश राईले ओलीमाथि आक्रमण गरेका हुन् ।