मेलम्चीको पानी माग्दै रित्ता गाग्री, बाल्टिन बोकेर सडकमा

मेलम्चीको पानी माग्दै रित्ता गाग्री, बाल्टिन बोकेर सडकमा


काठमाडौं

काठमाडौं वासीहरूले मेलम्ची खानेपानी ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

सोमबार काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर,मेलम्चीको पानी तुरुन्त खोल्’ लगायत नारा लगाएका थिए।

उनीहरूले रित्ता गाग्री,लोटा,बाल्टिन बोकेर प्रदर्शन गर्दै विरोध र्‍याली निकालेको थिए।

बहुप्रतीक्षित मेलम्ची खानेपानी पटक(पटक बन्द हुँदा अझै उपत्यकावासीले दीर्घकालीन रूपमा उपयोग गर्न पाएका छैनन्।