थाइल्याण्डकाे राजदूतमा धनबहादुर वली नियुक्त

थाइल्याण्डकाे राजदूतमा धनबहादुर वली नियुक्त


काठमाडौं ।

थाइल्याण्डका लागि आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार वलीलाई थाइल्यान्डका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।