एनसेल प्रकरण : सर्वोच्चले भन्यो ‘कारण देखाऊ’

एनसेल प्रकरण : सर्वोच्चले भन्यो ‘कारण देखाऊ’


काठमाडौं ।

एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मङ्सिर २२ गते शुक्रबार दायर गरेको उक्त रिटमा मङ्गलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले सो आदेश दिएका हुन् ।

सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गरेका छन् ।

न्यायाधीश राउतले उक्त रिटमा कारण देखाऊ आदेश जारी गर्दैअन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएका छन् ।