१६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

१६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा एक जना पक्राउ


भक्तपुर ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालका-२ दुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोम बहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-५ पिखेलबाट पक्राउ गरेको हो ।