काठमाडौँ ।
नेपाल नगरपालिका संघले राष्ट्रिय सहरी सरसफाइ सम्मेलन आयोजना गर्ने भएको छ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले उक्त जानकारी दिएको हाे।
संघले शहरी वातावरणअन्तर्गत खानेपानी, सरसफाई र स्वच्छताका विषयहरुमा तीन तहका सरकारबीच समन्वय र नीतिगत पैरवी गर्नका सम्मेलन गर्न लागेको जनाएको छ।
खानेपानी सरसफाई र स्वच्छता सबैको साझा विषय भएकाले सबैले साथ र सहयोग गर्नुपर्ने नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए। सम्मेलन एक दिन चल्ने अध्यक्ष ढुंगानाले बताए।
उनले दिगो विकास लक्ष्य हासिल गर्नसमेत टेवा पुग्ने गरी सम्मेलन आयोजना गर्न लागिएको बताए।
प्रतिक्रिया