कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड


काठमाडौं ।

कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्डले सम्मानित गरिएको छ ।

भिसा इन्टरनेसनलले यही पुस ३ गते आयोजना गरेको लिडरसिप सम्मेलन २०२३ मार्फत बैंक सम्मानित भएको हो ।

स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै बैंक अगाडि बढेको छ ।​

देशव्यापी ३०९ शाखा, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ विस्तारित काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।