मन्त्री किराँतीले भने- म सबैकाे अभिभावक हुँ

मन्त्री किराँतीले भने- म सबैकाे अभिभावक हुँ


काठमाडाैँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू सबैकाे अभिभावक भएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत् मन्त्री किराँतीले अहिले आफू सबैको अभिभावक भएको र त्यसैले सबै अस्तित्वको सम्मान गरेको बताएका हुन्।

मन्त्री किराँतीले संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गर्न अपिल पनि गरेका छन् ।

उनले भनेका छन्, ‘भन्नलाई त मलाई: पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।’