कामना सेवा विकास बैंकले दिब्येश्वरी मन्दिरलाई दियाे खानेपानी ट्याङ्की र डस्टबिन

कामना सेवा विकास बैंकले दिब्येश्वरी मन्दिरलाई दियाे खानेपानी ट्याङ्की र डस्टबिन


काठमाडौं ।

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थली भक्तपुरमार्फत भक्तपुर जिल्लास्थित श्री दिब्येश्वरी मन्दिरलाई खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ ।

बैंकका शाखा कार्यालय लोकन्थलीका शाखा प्रमुख गोविन्द शिवाकोटिले मन्दिरलाई उक्त खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा स्थानीय महानुभावहरू नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने जनाएको छ ।