ग्लोबल आइएमई बैंक ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित


काठमाडौँ ।

ग्लोबल आइएमई बैंक भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ ।

भिसा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एसाेसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकामा उक्त अवार्ड प्रदान गरिएको हो ।

बैंकले हालैमात्र भिसासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्युआरमार्फत भर्चुअल भिसा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो हाे।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।