क्रिसमस नजिकिँदै गर्दा विद्यालयहरूलाई काठमाडौँ महानगरकाे चेतावनी

क्रिसमस नजिकिँदै गर्दा विद्यालयहरूलाई काठमाडौँ महानगरकाे चेतावनी


काठमाडौं ।

क्रिसमस नजिकिदै गर्दा काठमाडौं महानगरपालिकाले विभिन्न चाडबाडका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै विद्यालयलाई सचेत गराएको छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले एक जानकारीमूलक पत्र सार्वजनिक गर्दै विद्यालय पोशाकबाहेकका पोशाक किन्न बाध्य नपार्न महानगर क्षेत्रका विद्यालयलाई अनुरोध गरेका छन् ।

परिपत्रविपरीत कार्य गरेको पाइएमा कारबाही गरिने महानगरको चेतावनी छ ।