उपमेयर रेनु कुमारीको गाडीमा पेट्रोल छर्केर आगजनी

उपमेयर रेनु कुमारीको गाडीमा पेट्रोल छर्केर आगजनी


महोत्तरी ।

महोत्तरीको गौशाला नगरपालिकाका उपमेयरको गाडीमा आगजनी भएको छ ।

मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूको समूहले उपमेयर रेनु कुमारी महतो चढ्ने गाडीमा पेट्रोल छर्केर आगजनी गरेको हो ।

उपमेयको प्र २ –००२-०००१ झ ०००५ नम्बरको गाडीमा आगजनी भएको हो।

उनको गाडी गौशाला नगरपालिका १ रामनगरस्थित आफ्नै निवासमा पार्किंङ गरी राखेको अवस्थामा आगजनि भएको थियो ।

आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।