१ हजार ४५५ थान लागूऔषधसहित काठमाडौंबाट एक जना पक्राउ

१ हजार ४५५ थान लागूऔषधसहित काठमाडौंबाट एक जना पक्राउ


काठमाडौं।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ स्थायी ठेगाना भएको २२ वर्षी मुसाहयब हवारीलाई लागूऔषधसहित पक्राउ गरेको छ।

काठमाडौंको दक्षिणकाली नगरपालिका फर्पिङ बसपार्कस्थित सवारी साधन चेकजाँच गर्नेक्रममा लागूऔषध बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको जनाएको छ।

उनको साथबाट लागूऔषध डाईजापाम चार सय ८६ थान, फेनारगन चार सय ८७ थान र नुर्फिन चार सय ८२ थान गरी जम्मा एक हजार चार सय ५५ थान लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ।