मोटरसाइकल ठोक्किएको बसमा स्थानीयले लगाए आगो, मृतकको सनाखत

मोटरसाइकल ठोक्किएको बसमा स्थानीयले लगाए आगो, मृतकको सनाखत


काठमाडौं ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् ।

रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराले  बताइन् ।

बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा ६० प ३५४५ नम्बरको मोटरसाइकल चालक हलेसी तुवाचुङ नगरपालिका-२ बस्ने ४५ वर्षीय कुमार राई र खोटाङको दिक्तेल नगरपालिका-१० बस्ने १८ वर्षीया मुनाकला राई छन् ।