सुनको भाउ उकालो लाग्यो, तोलको १ लाख २० हजार नाघ्यो

सुनको भाउ उकालो लाग्यो, तोलको १ लाख २० हजार नाघ्यो


काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १९ हजार ९०० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ ।

हिजो १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।