सुनकाे मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ काराेबार ?

सुनकाे मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ काराेबार ?


काठमाडौंँ ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख २२ हजार रुपैयाँ पुगेको छ । सोमबार छापावाल सुन तोलामा १ लाख २० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन तोलाको १ लाख २१ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४९० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी एक हजार ४७५ रूपैयाँमा कारोबार भएको थियो ।