ललितपुरमा मन्त्रीको गाडीमा आगो लगाइयो, बालकुमारी क्षेत्र तनावग्रस्त

ललितपुरमा मन्त्रीको गाडीमा आगो लगाइयो, बालकुमारी क्षेत्र तनावग्रस्त


काठमाडौं ।

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

ललितपुर प्रहरी प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।

उनीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।