बालकुमारीमा चल्याे गाेली, १ जनाकाे मृत्यु, अर्का १ जना पनि गम्भीर

बालकुमारीमा चल्याे गाेली, १ जनाकाे मृत्यु, अर्का १ जना पनि गम्भीर


काठमाडौँ ।

बालकुमारीमा भएकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गाेली चलाउँदा १ जनाकाे मृत्यु भएकाे छ ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको हाे ।

गाेली लागेर घाइते भएका  किस्ट अस्पतालमा लगिएका १ युवाकाे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यस्तै प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का युवकको अवस्था पनि चिन्ताजनक रहेको बताइएकाे छ । उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । गाडी जलाएपछि अवस्था तनावग्रस्त भएको थियो ।