सुनचाँदीको भाउ स्थिर

सुनचाँदीको भाउ स्थिर


काठमाडौ ।

सुनचाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ नै कायम गरिएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ कायम रहेको हो । यसअघि शुक्रबार पनि सुनको कारोबार सोहीमूल्यमा भएको थियो ।

सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । शुक्रबार चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।