गृहमन्त्री आफैं हिरासतमा पुगेर सीके राउतसहित ५१ जनालाई छुटाए

गृहमन्त्री आफैं हिरासतमा पुगेर सीके राउतसहित ५१ जनालाई छुटाए


काठमाडौँ ।

सभामुख देवराज घिमिरले जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउ परेकोबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जानकारी मागेका छन् ।

सभामुखले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई फोनगरी पक्राउ परेकोबारे जानकारी मागेका थिए । राउतसहितका नेताहरु सोमबार माइतीघरमा प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।

सभामाुखको फोन आएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर माननीयहरुलाई छुटाउने बताएका थिए ।

लगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले माननीयहरु छुटेको जानकारी सभामुखलाई दिएका थिए । पक्राउपरेका ५१ जना सबै रिहा भइसकेका छन् ।