हुन्डाईसँग नयाँ वर्ष योजना ५ लाख सम्मको नगद छुट

हुन्डाईसँग नयाँ वर्ष योजना ५ लाख सम्मको नगद छुट


काठमाडौं ।

लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवइल्सको आधिकारीक विक्रेताले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०२४’ योजना ल्याएको छ।

यो ग्राहकमुखी योजना आजदेखि सुरू भएको हो।

यस योजना अन्तर्गत ग्राहकहरूले पाँच लाख रुपैयाँसम्मको नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा दुई लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजारसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म जस्ता अकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।

यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरून्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

सबै हुन्डाई गाडीहरू तीन वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १७ शोरूमहरू तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।