झापा ।
झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।
बाह्रदशी गाउँपालिका वडा नं. ५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूकाकाे उपचारको क्रममा मृत्यु भएको हो ।
पाँच दिनअघि घरमै तातो खोलेमा परेको सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ ।
स्थानीय स्तरमा उपचार सम्भव नभएपछि इजि हेल्थ केयर फाउण्डेशनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमाडाैंस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।
बालिकालाई बचाउन हरसम्भवको प्रयास गरिए पनि बचाउन नसकिएको इजि हेल्थ केयर फाउण्डेशनका संरक्षक उज्ज्वलविक्रम थापाले बताए ।
बालिकाको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो ।
प्रतिक्रिया