गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ


कैलाली ।

बाजुरामा एक गर्भवती महिलामाथि बलात्कार  भएको छ ।

जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक गर्भवती महिलामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले सोही ठाउँका एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ ।

उनीविरुद्ध अदालतबाट म्याद समेत थप भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरीले जानकारी दिए ।

पुस १० गते महिलामाथि बलात्कार गरेको भन्दै तीन दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको थियो । प्रहरीले सोही घटना सँग अर्को घटना पनि जोडिएपछि पीडित महिलाका श्रीमान् र देवरलाई पनि नियन्त्रणमा लिएको छ ।