काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले संसदमा पेस गरिएको आगामी वर्षको बजेटको पक्षमा मतदान गर्ने भएको छ ।
एकीकृत समाजवादी संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डाा प्रकाशशरण महत र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भएको वार्तापछि एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया