मेयर रिनाले बाडिन् ५० गरिब परिवारलाई बिहे खर्च

मेयर रिनाले बाडिन् ५० गरिब परिवारलाई बिहे खर्च


रौतहट ।

मौलापुरकी मेयर रिना साहले ५० गरिब परिवारलाई बिहे खर्च दिएकी छिन् ।

मौलापुर नगरपालिकामा “असहायके साथ मेयर कार्यक्रम” अन्तर्गत आज झण्डै ५० जना गरिब परिवारलाई रू ३० हजारको दरले सहयोग बाँडेकी हुन ।

आज एक कार्यक्रमका माझमा मेयर साहले अनुदानको सो रकमको चेक नगरप्रमुख साहले हस्तान्तरण गरेकी हुन ।

मेयर साहले झण्डै ६ वर्ष अघि शुरू गरेकाे यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गरेको स्थानियले जनाएका छन ।