भारतले दिने २० करोड जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन : प्रधानमन्त्री

भारतले दिने २० करोड जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन : प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना (एचआइसिडिपी) अन्तर्गत् नेपाललाई दिन सम्झौता गरेको २० करोड रकम खर्च गर्ने मापदण्ड र प्रक्रिया रहेको बताएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त रकम भारतले जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका हुन्।

‘एचआइसिडिडी अन्तर्गत भारतले दिने रकम ३ करोडबाट सुरू भएर ५ करोड हुँदै २० करोड पुगेको सत्य हो। तर, जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन, प्रक्रिया छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नगरपालिकाबाट गर्ने हो। तर, यहाँहरूले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ। बढी व्यवहारिक बनाउन लागिनेछ।’

बैठकमा सांसदहरूले सम्झौताबारे जिज्ञासा राखेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।