हर्क साम्पाङको निम्तो मान्न बालेन शाह पुगे धरान

हर्क साम्पाङको निम्तो मान्न बालेन शाह पुगे धरान


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह धरान पुगेका छन् ।

मेयर शाह शुक्रबारदेखि सुरु भएको धरान डे उत्सवको उद्घाटन गर्न धरान पुगेका हुन् ।

मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिका रूपमा निमन्त्रणा गरेका थिए ।

यसअघि सो कार्यक्रमको प्रमुख अतिथिका रूपमा मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिए पनि प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्री व्यस्तताका कारण धरान आउन नसक्ने जानकारी दिएकाे थियाे ।