पाँचबुँदे सहमति पछि वीर अस्पतालकाे ताला खोलियाे

पाँचबुँदे सहमति पछि वीर अस्पतालकाे ताला खोलियाे


काठमाडौँ ।

वीर अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच पाँचबुँदे सहमति भएको छ ।

सहमतिपछि प्रशासन प्रमुख र लेखा प्रमुखको कार्यकक्षमा १ सातादेखि लागेको ताला खोलिएको छ ।

८ महिनादेखि अतिरिक्त सेवाबापतको पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कर्मचारीले पुस १३ गतेदेखि सो कक्षमा ताला लगाएका थिए ।

८ कर्मचारी संगठनका प्रतिनिधि र न्याम्सका रजिस्ट्रार तथा वीरका निर्देशकसँगको सहमतिपछि कर्मचारीले आन्दोलन स्थगित गरेर ताला खोलेका हुन् ।

सहमतिमा हालसम्म बाँकी रहेको कर्मचारीको सेवा विस्तार भत्ता किस्ता किस्ता गरी चैत मसान्तसम्म अस्पतालले भुक्तानी गरिसक्ने उल्लेख छ ।

त्यस्तै, आगामी वैशाखबाट सो भत्ता तलबसँगै नियमित भुक्तानी गरिने र कोभिडकालका ८ महिनाको भत्ता समेत यसअघिको सहमतिअुनसार हुने भनिएको छ ।