काठमाडौँमा गाँजा मिसाई केकको व्यापार गर्ने मानन्धर पक्राउ

काठमाडौँमा गाँजा मिसाई केकको व्यापार गर्ने मानन्धर पक्राउ


काठमाडौँ ।

काठमाडौँमा गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा भएको छ ।

लागु औषध नियन्त्रण ब्युरोले काठमाडौंको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको छ ।

उनीलाई पक्राउ गरेसँगै उक्त कार्य हुने गरेको खुलासा भएको हो ।

मानन्धरले इन्स्ट्राग्राममा अकाउन्ट बनाएर लागु औषध प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको पाइएको ब्युरोका प्रवक्ता चक्रराज जोशीले बताए ।

उनको कोठाबाट विभिन्न लागु औषध समेत बरामद भएको छ । मानन्धरले आफ्नै घरमा विगत १ बर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।