ग्लोबल आइएमई बैंकद्वारा मधेस र गण्डकीमा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकद्वारा मधेस र गण्डकीमा निःशुल्क स्वास्थ्य शिविर


काठमाडाैँ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले मधेस प्रदेशअन्तर्गत सिरहाकाे सुखीपुर नगरपालिका-८ स्थित सुखीपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दीकाे अन्नपूर्ण गाँउपालिका-६ पोखरे आधारभुत विद्यालयमा १८० भन्दा बढी महिलाहरूको स्वास्थ्य जाँच गरेको हो ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्री रोग विज्ञहरूले स्त्री रोगसम्बन्धी विभिन्न सेवा निःशुल्क उपलब्ध गराएका थिए । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्ला तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित ११ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।