घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

सोमबार नेपाली बजारमा आज सुनको भाउ घटेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ७ सयले घटेको हो ।

हिजो प्रतितोला १ लाख १९ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।