३ क्विन्टल गाँजा सहित २ जना पक्राउ

३ क्विन्टल गाँजा सहित २ जना पक्राउ


सुनसरी ।

सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भारत तस्करी हुन लागेको तीन क्विन्टल गाँजा र दुई जनालाई आइतबार राति कोशी गाउँपालिका ६ कोशी कटानबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशी गाउँपालिका ५ का मोहम्मद सागर मियाँ छन्।

को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा गाँजा बरामद गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।

८ वटा बोरामा राखिएको गाँजाका साना पोकाहरूमा पनि बरामद भएको प्रहरी भनाइ छ।

भोजपुरबाट सप्तकोशीको जलमार्ग हुँदै गाँजा सुनसरी ल्याइपुर्याएको प्रहरीको भनाइ छ।

ट्याक्टरमाथि बालुवा र तल गाँजा राखेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।