इलाम ।
इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् ।
माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए ।
गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए ।
३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया