जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन

जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन

विकास टाइम्स
27
Shares

काठमाडौँ ।

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको हो ।

वैशाख २६ गते बसेको सञ्ञ्चालक समितिको बैठकले लघुवित्तको प्रस्तावित लाभांश संशोधन गरेको हो । यसअघि प्रस्ताव गरिएको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२ प्रतिशत नगद लाभांश संशोधन गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अब यसले सेयरधनीलाई हाल चुक्ता पुँजी १६ करोडको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजन ०.७५ प्रतिशत लाभांश गरी कुल १५ प्रतिशत मात्र लाभांश दिने भएको छ ।

संशोधित लाभांश प्रस्ताव राष्ट्र बैंक र यस लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।