काठमाडौँ ।
संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन २२ गतेदेखि सुरु हुने भएकाे छ । मन्त्रिपरिषद्को सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।
राष्ट्रपतिले माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गरेका हुन् ।
माघ २२ गते ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी दुवै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया