सिरहा ।
गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ ।
मन्त्रालयकै निर्देशनमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु समेत जिम्मेवारीबाट हटाइएका छन् ।
गृह मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे बताएको छैन । एसपी लिम्बु प्रहरी सेवाको अन्तिम अवधितिर छन् ।
गृहमन्त्रीको सचिवालयका एक अधिकारीले अवकाशको एक वर्ष अवधि बाँकी रहेका बेला इञ्चार्ज नदिने नीति अनुसार उनलाई फिर्ता बोलाइएको बताए ।
प्रतिक्रिया