काङ्ग्रेस महामन्त्री शर्माको सक्रियतामा दुबईमा अलपत्र भद्रपुरका अजीत राजवंशी घर फर्किए

काङ्ग्रेस महामन्त्री शर्माको सक्रियतामा दुबईमा अलपत्र भद्रपुरका अजीत राजवंशी घर फर्किए


झापा

कम्पनीको व्यापक असहयोग, कानुनी झन्झट र व्यवहारिक जटिलताका कारण घर दुबईबाट घर फर्कन नपाएर कष्टकर जीवन बिताइरहेका झापालीका एक युवाको उद्दार गरिएको छ।

भद्रपुर नगरपालिका – १० का अजीत राजवंशी ( हरियो क्याप ) लाई उद्दार गरी स्वदेश ल्याइएका हो। झापा १ का सांसद तथा नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको सक्रियता उनलाई स्वदेश फर्काइएको नेपाली जनसम्पर्क समिति युएइका अध्यक्ष भुवानीप्रसाद तिम्सिनाले बताए।

उनलाई नेपाल ल्याउन १ महिनाभन्दा बढी समयदेखि कोसिस गरिँदै आएको थियो। पछिल्लोपटक दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले फेसबुकमा राजवंशी अलपत्र परेको सन्देश पोस्ट गरे र शर्मालाई लिङ्क पठाएका थिए ।

त्यसलगत्तै सांसद शर्माले दुबईस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष तिम्सिनालाई सम्पर्क गरे र अजीतको जसरी भएपनि उद्दार गर्न आग्रह गरे। त्यसपछि अजीतको उद्दारको प्रक्रिया सुरु भयो । त्यसको केही दिन भित्रै राजवंशी स्वदेश फर्किएका हुन्।

माघ १७ गते राति काठमाडौँ आइपुगेका राजवंशी केहीबेरमा भद्रपुर विमानस्थलमा उत्रने नेपाली कांग्रेस झापा १ काठमाडौँ सम्पर्क समितिका सभापति प्रज्वल कोइरालाले बताए।

रोजगारीका लागि दुबई पुगेका राजवंशी काम गर्दागर्दै अचानक बिरामी परेका थिए। सिकिस्त बनेपछि उनले काम गर्न सकेनन्। कम्पनीले कुनै चासो राखेन, पारिश्रमिक समेत नदिए। त्यसपछि अजीतले स्वदेश फर्किन चाहे तर भएन ।

आफ्नो निर्वाचन क्षेत्रका युवा त्यसरी अलपत्र परेको जानकारी पाएपछि सांसद शर्माले चासो राखे, पहल गरे र अजीत घर फर्कन सम्भव भएको हो। राजवंशीलाई स्वदेश उडाउन दुबई एयरपोर्टमा आएका नेपाली जनसम्पर्क समितिका अध्यक्ष तिम्सिनाले शर्माको सक्रियतामा अजीतलाई घर फर्काउन सम्भव भएको बताए।