नशालु पदार्थ खुवाएर लुटपाट गर्ने एक जना भारतीय नागरिक पक्राउ

नशालु पदार्थ खुवाएर लुटपाट गर्ने एक जना भारतीय नागरिक पक्राउ


काठमाडौं ।

सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जाँचको क्रममा पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट बिहार मोतिहारी जिल्ला संग्रापुर वस्ने वर्ष ४६ का दिली पटेललाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसअघि पनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने गरेको सूचनाको आधारमा निग्रानी पश्चात उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्तिको साथबाट नशालु पदार्थ मिसावट भएको एक पाकेट लड्डुसमेत बरामद भएको प्रहरीले जनाएको छ ।