एमालेकाे धादिङ अधिवेशनमा भूमि त्रिपाठीको प्यानल विजयी

एमालेकाे धादिङ अधिवेशनमा भूमि त्रिपाठीको प्यानल विजयी


धादिङ ।

नेकपा एमाले जिल्ला कमिटी धादिङको पदाधिकारीमा भूमि त्रिपाठीको समूह विजयी भएको छ ।

सार्वजनिक भएकाे नतिजाअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईटा उपसचिव पदमा त्रिपाठी पक्ष विजयी भएको हो।

अध्यक्षमा त्रिपाठी ५४७ मत ल्याएर विजयी हुँदा डा. रामकुमार अधिकारीले ३०९ मत ल्याए।

त्रिपाठी समूहबाटै उपाध्यक्षमा अर्जुन श्रेष्ठ गोरखाली र सचिवमा राधिका सापकोटा विजयी भएका छन्।

त्रिपाठी समूहबाट खुला उपसचिवतर्फ भक्तबहादुर लामिछाने ३४८ मत र महिलातर्फ उर्मिला रेग्मी रूपाखेती ३५१ मत ल्याएर निर्वाचित भएकी छन्।

अधिकारीतर्फ खुला उपसचिवमा दीपक खतिवडा र महिला उपसचिवमा खुपीकुमारी तामाङ उम्मेदवार थिए।

फागुन २१ गतेबाट सुरू भएको अधिवेशनले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्षका दुई आकांक्षी भूमि त्रिपाठी र डा. रामकुमार अधिकारीले प्यानलै बनाएर चुनाव लडेका थिए।