काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । सोमबार सुन प्रतितोला २०० रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया