काठमाडाैँ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो।
उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने पार्टीले निर्णय गरेको जानकारी दिएका छन् ।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले अब पुन: संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रतिक्रिया