ब्याटिङ नचल्दा फाइनलमा चुक्याे नेपाल, पीएनजी ८६ रनले विजयी

ब्याटिङ नचल्दा फाइनलमा चुक्याे नेपाल, पीएनजी ८६ रनले विजयी


काठमाडौँ ।

हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपाल पराजित भएकाे छ ।

बुधबार पपुवा न्यु गिनी दिएको १७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले सबै विकेट गुमाउँदा पिन लक्ष पुरा गर्न सकेन ।

याेसँगै त्रिकोणात्मक टी–२० काे उपाधिबाट पनि नेपाल दाेस्राेपटक चुकेकाे छ ।

यसअघि नेदरल्याण्ड्स-नामिबिया-नेपालबिच भएकाे त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएकाे थियाे ।

नेपालका लागि ओपनिङमा आएका विनोद भण्डारी तेस्रो बलमा ४ रनमा आउट भए भने तेस्रो ओभरमा कुशल भुर्तेल ५ रनमा पेभिलियन फर्के। दुवैलाई पिएनजीका मोरियाले बोल्ड गरेका थिए।

यस्तै गुल्सन झा छैटौं ओभरको पहिलो बलमा ६ रनमा रनआउटको सिकार भए। यस्तै, कप्तान रोहित पौडैल आठौं ओभरमा क्याच आउट हुँदा नेपालले चौथो विकेट गुमायो । उनले १२ रन मात्र जोड्न सके।

नेपालका लागि सबैभन्दा बढी रन जोडेका सन्दीप जोरा १७ रन जोडेर आउट भए । विवेक यादवले १ रन मात्र जोड्न सके। यस्तै केही समय टिकेका आरिफ शेख २० बलमा १५ रन जोड्दा सेसे बाउबाट बोल्ड भए ।

लोकेश बम पनि ६ रनमा कामियाको एलबिडब्लूको धरापमा परे। प्रतिश जिसी शून्य र करण केसी ३ रनमा आउट भए।