सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरामाथि मुद्दा चलाउन सिफारिस

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरामाथि मुद्दा चलाउन सिफारिस


काठमाडौँ ।

सुन तस्करीमा संलग्नकाे आरोपमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि मुद्दा चलाउन जाँचबुझ आयोगले  सिफारिस गरेकाे छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुखसमेत रहेका  महरालाई मुद्दा चलाउन सिफारिस गरेको हाे ।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो भने शुक्रबार गृहमन्त्री लामिछानेले उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए ।

करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ । महरालाई आयोगले बयान समेत लिएको थियो ।

उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ ।